आरती साहका भाइ र आमा पक्राउ [तस्बिरहरु]

रेडियो गौशाला , २४२२  पटक हेरिएको

काठमाडौँ, २२ माघ । आरती साहको न्यायका लागि लड्दै आएका उनका भाइ र आमा पक्राउ परेका छन् । सोमबार सिंहदरबारबाट आरती साहका भाइ र आमा पक्राउ परेका हुन् । ज्ञापनपत्र बुझाउन सिंहदरबार छिर्ने क्रममा प्रहरीले उनीहरुलाई दक्षिण गेटबाट पक्राउ गरेको हो ।

धनुषा नगराइन–८ खिरखिरया निवासी २५ वर्षीय साहको दाइजोको कारण परिवारबाट नै हत्या भएको माइती पक्षको दाबी छ । उनको माइती पक्षले घटनाको सत्यतथ्‍य एवं निष्पक्ष छानबिन हुनुपर्ने माग राख्दै आएका छन् । स्रोत : रातोपाटी

प्रकाशित मिति: २०२४-०२-०५ , समय : २२:२८:०६ , ३ हप्ता अगाडि