सर्लाहीमा नापी कार्यालयको गाडी दुर्घटना, अधिकृतसहित १० जना घाइते

रेडियो गौशाला , १५०२  पटक हेरिएको

सर्लाही, २२ माघ । सर्लाहीको नवलपुर-मलंगवा सडकखण्डअन्तर्गत चमेलीमाई मन्दिरनजिक सोमबार साँझ नापी अधिकृतसहित अन्य कर्मचारी चढेको गाडी दुर्घटना हुँदा नापी कार्यालय मलंगवाका प्रमुख सञ्जय मानन्धरसहित १० जना घाइते भएका छन् ।

नापी कार्यालय मलंगवाका कर्मचारी सवार गाडी कविलासी नगरपालिका-१० सलेमपुरस्थित चमेली माई मन्दिरनजिक उखु लोड गरिएको गाडीसँग ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ । घाइते सबैलाई थप उपचारका लागि वीरगन्ज पठाइएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

घाइतेहरू

सञ्जय मानन्धर

वैधनाथ राउत

अजयकुमार यादव

बैजु यादव

रामलाल साह

सञ्जीवकुमार मण्डल

दीपेन्द्र यादव

विनोद घिमिरे

शाहिद अनवर

रामबाबु राय

प्रकाशित मिति: २०२४-०२-०५ , समय : २२:३७:२२ , ३ हप्ता अगाडि