खाद्य तथा पाेषण सुरक्षा सुधार आयाेजना सम्बन्धि अन्तरतक्रिया कार्यक्रम सम्पन्न

रेडियो गौशाला , ३७५९  पटक हेरिएको

मंजित कुमार राम, महाेत्तरी । महाेत्तरीकाे साेनमा गाउँपालिकाकाे सभा हलमा बुधबार खाद्य तथा पाेषण सुरक्षा सुधार आयाेजना सम्बन्धि अभिमूखिकरण तथा अन्तरक्तिया कार्यक्रम सम्पन्न भएको छ।

खाद्य तथा पाेषण सुरक्षा सुधार आयाेजना – दाेश्राे अन्तरर्गत साेनमा गाउँपालिकामा संचालन हुनलागेको हाे। विशेषगरी लक्षित वर्गलाई समावेश गरि कार्यक्रम भूकम्प र बादी पिडित,खाद्य असुरक्षित ,विपन्न,सिमान्तकृत दलित र महिलालाई सहवागिता गरिने आयाेजनाका निर्देशक जगन्नथ तिवारीले बताउनुभएको छ।

No description available.

पालिका भित्र कृषि तथा पशुजन्य उत्पादन र उत्पादकत्वमा बृद्धि गरी खाद्य सुरक्षामा सहयोग जलवायु तथा पाेषण मैत्री कृषि प्रविधिकहरुकाे अनुसरण र प्रसार त्यसतै सान कृषिकहरुकाे क्षमता अभिवृद्धि उत्पादन तथा आयआर्यजन र विविधिकरण प्रबर्द्वन गरि बजारमा पहुँच बनाउने साथै सुनाैला हजार दिनका आमाहरु ६-२४ महिना सम्मका बच्चाहरुकाे पाेषण स्थितिमा सुधार ल्याउने कार्यक्रमकाे उदेश्य रहेको निर्देशक तिवारीले बताएउनुभयाे।

No description available.

पालिकामा खाद्य तथा पाेषण सुरक्षा सुधार आयाेजना कार्यक्रम संचालन भएपछि पालिका भित्रकाे भूकम्प र बाढी पिडित,खाद्य असुरक्षित ,विपन्न,सिमान्तकृत दलित महिलाहरुलाई ठूलो मद्दत पुग्ने बिश्वास लिएको पालिका प्रमुख बिशेशवर यादवले बताउनुभयो ।

आयाेजना क्लष्टर इकाई प्रमुख युगल किशोरका अनुसार पहिलो चरणकाे कार्यक्रम पालिकाकाे वडा- ३ रधुनाथपुरमा संचालन गरिने बताउनुभएकाे छ। कार्यक्रममा उप प्रमुख जहिदा खातुन,प्रमुख प्रशासकीय अधिकृत ,८ अैां वडाको वडा अध्यक्षहरु सहवागी रहनुभएकाे थियोे ।

प्रकाशित मिति: २०२४-०२-०७ , समय : २०:३०:३३ , २ हप्ता अगाडि