मधेश लोकसेवा आयोगले स्थगित गर्‍यो माघ २९ को परीक्षा

रेडियो गौशाला , ३४२०  पटक हेरिएको

जनकपुरधाम, २८ माघ । लोक सेवा आयोगले यही माघ २९ गते लिने भनेको लिखित परीक्षा तत्कालका लागि स्थगित गरेको छ ।

आयोगको प्रदेश लोक सेवा आयोग मधेस प्रदेश, जनकपुरधाम परीक्षा शाखाले लिखित परीक्षा स्थगन गरिएको जानकारी दिएको हो ।

प्राविधिक कारणले अर्को सूचना प्रकाशन नभएसम्मको लागि परीक्षा स्थगित गरिएको सूचनामा उल्लेख छ।

प्रकाशित मिति: २०२४-०२-११ , समय : १४:२७:०६ , २ हप्ता अगाडि