ब्रदर्स कन्स्ट्रक्सन समयमा काम नगरे पछी नगरपालिकाले क्षतिपुर्ती मांग सहित कालो सुचिमा राख्ने निणर्य गर्यो

रेडियो गाैशाला , ४४६१  पटक हेरिएको

गौशाला । महोत्तरीको गौशाला नगरपालिकाले ब्रदर्स कन्स्ट्रक्सनलाई कालो सुचिमा राख्ने भएको छ ।

जिल्लाको जलेश्वर नगरपालिका वडा न. १ मा रहेको ब्रदर्स कन्स्ट्रक्सनले सम्झौता गरी हाल सम्म कार्य सम्पादन नगरेको र पटक पटक सुचना प्रकाशन मार्फत जानकारी गराए पनी कुनै वास्ता नगरेको भन्दै गौशाला नगरपालिकाले कालो सुचिमा राख्ने निणर्य गरेको हो ।

२०७७ /० ७८ मा सडक कालोपत्रका लागि ठेक्का न. GUN/NCB/1–2078/2079, GUN/NCB/2–2078/2079, GUN/NCB/3–2078/2079, GUN/NCB/7–2078/2079, मार्फत सम्झौताका भएको थियो । तर ब्रदर्स कन्स्ट्रक्सनले हाल सम्म कार्य सम्पादन नगरे पछि कार्यपालिका बैठक बाट क्षतिपुर्ती मांग सहित गौशाला नगरपालिकाले कालो सुचिमा राख्ने निणर्य गरेको नगर प्रमुख डा. दिपेन्द्र महतोले बताए ।

प्रकाशित मिति: २०२४-०२-१२ , समय : ०७:२०:०३ , २ हप्ता अगाडि