महोत्तरीमा दुई समूहबीच झडप, ४ राउन्ड गोली चल्यो

रेडियो गौशाला , ५१०९  पटक हेरिएको

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’, महोत्तरी । सम्सी गाउँपालिका–२ परसामा महावीर झण्डाको कलश यात्राका क्रममा दुई समुदायबीच झडप भएको छ ।
झडपका क्रममा ३ जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा अस्मिता खातुन,गुलशान खातुन,इजराईल नदाफ घाइते भएको जनाएको छ।

सम्सी गाउँपालिका १ बाट सुरु भएको कलश यात्रा वडा नं. २ स्थित नुरी मस्जिद नजिक पुगेपछि झडप भएको हो । झडप नियन्त्रणका लागि प्रहरीले ४ राउन्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

हिन्दु समुदायले निकालेको कलशयात्राका क्रममा मस्जिदमा ढुंगा प्रहार भएको मुसलमान समुदायको दाबी छ । कलश यात्राका आयोजकहरुले भने मस्जिदमा ढुंगा प्रहार नभएको दाबी गरेका छन् ।

घटना स्थलमा अहिले व्यापक सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। सुरक्षाकर्मीहरूले स्थितिलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २०२४-०२-१७ , समय : १९:४०:३२ , ३ महिना अगाडि