रवि लामिछानेको स्वतन्त्र पार्टीले आज घोषणापत्र सार्वजनिक गर्दै

रेडियो गौशाला , २४१९  पटक हेरिएको

काठमाडौं : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी घोषणापत्र आज (बिहीबार) सार्वजनिक गर्ने भएको छ।

पहिलोपटक आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा भाग लिन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्र पनि पहिलोपटक नै ल्याउन लागेको हो।

पार्टीको ‘वाचा पत्र’ घोषणापत्र सार्वजनिक गर्नका लागि बिहीबार बिहान ११ बजे राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रम राखिएको स्वतन्त्र पार्टीले जनाएको छ।

पार्टी सभापति रवि लामिछानेले पार्टीको घोषणापत्र सार्वजनिक गर्नेछन्।

प्रकाशित मिति: २०२२-११-०३ , समय : ०९:०६:२१ , ३ वर्ष अगाडि