बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रूखमा ठोक्किएर घाइते बालकको उपचारका क्रममा मृत्यु

रेडियो गौशाला , १२१९  पटक हेरिएको

काठमाडौं- स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रूखमा ठोक्किएर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको छ। काठमाडौंको लाजिम्पाटमा बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर एक बालकको मृत्यु भएको हो।

बुधबार दिउँसो साढे ३ बजे बेस्ट इलिमेन्टरी मन्टेश्वरी स्कुलका १३ वर्षीय आयुष्मान दाहाल बा १ क ४६४२ नम्बरको बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर घाइते भएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार गाडी विद्यालयबाट निस्किने बेलामा दुर्घटना भएको थियो। दाहाल बसको पछाडिको सिटमा बसेका थिए।

उनी ५ कक्षामा अध्ययरत थिए। घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। त्यहाँ उनको उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित मिति: २०२२-११-०३ , समय : १२:३८:४३ , ३ वर्ष अगाडि