यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर(सूचीसहित)

रेडियो गौशाला , २७४९  पटक हेरिएको

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्री दर १३२ रुपैयाँ ९२ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रुपैयाँ ९९ पैसा र बिक्री दर १२९ रुपैयाँ ५७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ ७९ पैसा र बिक्री दर १४९ रुपैयाँ ४७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

हेर्नुस् सूची:

प्रकाशित मिति: २०२२-११-०४ , समय : ०७:२९:३२ , २ वर्ष अगाडि