काठमाडौंको थलीमा भेटिएको शवको पहिचान खुल्यो

रेडियो गौशाला , ११३८  पटक हेरिएको

काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा मंगलबार बिहान मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ । उनी भक्तपुर नगरपालिका–७, छालिङ ठेगाना भएका कृष्ण नगरकोटी भएको प्रहरीले जनाएको छ । उनी आज बिहान काठमाडौंको थलीमा मृत फेला परेका थिए ।

धारिलो हतियार प्रहार गरी हत्या भएको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । म‌ंगलबार बिहान थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको थियो । घटनास्थलमा ब्लेडसमेत फेला परेको थियो ।

प्रकाशित मिति: २०२४-०५-२१ , समय : ११:५१:५४ , ४ हप्ता अगाडि