पत्रकार मृत्यू प्रकरण, चौतर्फी दबाबका बाबजुद पनि सुस्त प्रहरी

रेडियो गौशाला , २६४१  पटक हेरिएको

जनकपुरधाम, जेठ ७ –    ईन्युजब्युरो र राजधानी जनकपुर अनलाईनका सक्रिय पत्रकारद्वय क्रमश बिनय कुमार यादव र शिवेन्द्र रोहिताको मृत्यू प्रकरणमा प्रहरी सुस्त देखिएको छ । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले मधेश प्रदेश प्रहरी प्रमुखलाई भेटेर बुझाएको ज्ञापन तथा पत्रकार र युवा अभियन्ताहरुको विभिन्न दबाबमुलक कार्यक्रम पश्चात प्रहरीले शिवेन्द्रको घटनामा मुद्दा दर्ता गरेपनि उचित न्यायको अपेक्षामा समाजलाई शंका नै छ ।

किनकी पत्रकार बिनयको घटनामा प्रहरीले हतारवाजीमा सवारी दुर्घटनामा मृत्यु भनि गरेको प्रचारवाजी र त्यसपछि बाहिरएका विभिन्न तथ्यहरु पछि घटनालाई शंकाष्पद दर्शाएपछि दबाबमा परेर मात्र ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गरेको प्रहरीले त्यसपछि पनि कुनै प्रगती विवरण सार्वजानिक गर्न सकेको छैन । यस्ले यस्ता घटनामा पिडितले उचिन न्याय पाउछन भन्नेमा शंका उब्जाएको छ ।

त्यस लगत्तै भएको पत्रकार शिवेन्द्रको घटना पनि सोहि प्रकृतीको र बिच बजारमा भएपनि प्रहरी आफनो पुरानै प्रवृतीमा तल्लिन देखिन्छन् । अझै पनि घटनाको अनुसन्धाननै बताइरहेको प्रहरीले मुद्र्दा दर्ता देखि अनुसन्धानमा देखाइरहेको सुस्तताले पिडितमा शंका उब्जिन थालेको छ ।

प्रकाशित मिति: २०२४-०५-२१ , समय : १७:२३:३३ , ४ हप्ता अगाडि