धनुषामा इनारमा निसास्सिएर एक जनाको मृत्य

रेडियो गौशाला , २७४४  पटक हेरिएको

जनकपुरधाम – धनुषामा इनार सफा गर्ने क्रममा एक जनाको निसास्सिएर मृत्यु भएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका– ४ का ३० वर्षीय रामप्रसाद शर्माको मृत्यु भएको छ । ४० मिटर गहिरो इनार सफा गर्न पसेका शर्माको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वाटर धनुषाका प्रहरी निरीक्षक सुरेश लामाले जानकारी दिए । उनका अनुसार उनी बुधबार बिहान सोही नगरपालिका–४ भरतपुर स्थित उदगारी यादवको इनार सफा गर्न इनार भित्र पसेका थिए ।

सोही क्रममा उनको निसास्सिएर मृत्यु भएको थियो । घटनाबारे प्रहरीलाई खबर प्राप्त भएपछि सुरक्षा वेश रघुनाथपुर र धनुषा गण नम्बर–८ बाट खटिएको ४ जना गोताखोरसहित ११ जनाको विपद् उद्धार टोली घटना स्थलमा पुगेको थियो ।

प्रकाशित मिति: २०२४-०५-२४ , समय : ०८:५१:२४ , ३ हप्ता अगाडि