शनिबार देशका विभिन्न प्रदेशमा वर्षाको सम्भावना

रेडियो गौशाला , २६७७  पटक हेरिएको

काठमाडौं : शनिबार दिउँसो देशका विभिन्न प्रदेशमा वर्षा हुने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशका बाँकी पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

रातको समयमा पनि प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित मिति: २०२२-११-०५ , समय : ०७:१४:५८ , २ वर्ष अगाडि