मधेसको मुख्यमन्त्रीमा सतिशकुमार सिंह नियुक्त

रेडियो गौशाला , ११२३  पटक हेरिएको

जनकपुर – मधेस सरकारको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त भएका छन् ।प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

सिंहलाई ६ दलका ५५ सांसदको समर्थन छ । शपथग्रहण आजै हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

मुख्यमन्त्रीमा सिंहले शपथ गरेलगत्तै ११ सदस्यीय मन्त्रीमण्डलसमेत गठन गर्ने तयारी छ । जनमतले मुख्यमन्त्रीसहित वन तथा वातावरण मन्त्रालय र एक विना विभागीय मन्त्रालय पाउने छ ।एमालेको भागमा भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण मन्त्रालय परेको छ । माओवादी केन्द्रले भने अर्थ र पर्यटन मन्त्रालय पाएको छ ।

नेकपा एकीकृत समाजवादीले भने कृषि, ऊर्जा तथा सिँचाइ मन्त्रालय सम्हाल्ने भएको छ । यस्तै १–१ सिट भएको नेपाल संघीय समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उन्मुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिइनेछ ।

प्रकाशित मिति: २०२४-०६-०७ , समय : १३:४९:०१ , १ हप्ता अगाडि