विकासका लागि भ्रष्टाचार नियन्त्रण आवश्यक : सिके राउत

रेडियो गौशाला , ७७९  पटक हेरिएको

मोरङ : जनमत पार्टीका केन्द्रीय अध्यक्ष सिके राउतले मुलुकको विकासका लागि भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने बताएका छन् ।

विराटनगर–६ स्थित रामपुरमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै उनले पार्टी उम्मेदवारलाई निर्वाचनमा विजयी गराई मुलुकमा रहेको भ्रष्टाचारको जरो उखेल्ने कार्यमा सहयोग पुर्‍याउन आग्रह गरे । उनले सङ्घीयता स्वायत्ताका साथ लागू भएमा सुकुम्वासीका समस्या समाधान हुने धारणा राख्दै किसान, मजदुरको हकअधिकारका लागि लड्ने यो पार्टीका उम्मेदवारलाई विजयी बनाई नीति निर्माण तह पुर्‍याउनुपर्नेमा जोड दिए ।

अध्यक्ष राउतले युवाहरूलाई वैदेशिक हैन स्वदेशमै घरघरमा रोजगारी र मुलुकमा चमत्कार किसिमले विकासको पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै अरुलाई धेरै पटक मौका दिए भने यस पटक आफ्नो पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गरे । रासस

प्रकाशित मिति: २०२२-११-०५ , समय : ०७:२८:०२ , २ वर्ष अगाडि