महोत्तरीको गौशालामा युवकमाथि गोली हानेर सिक्री लुटपाट

रेडियो गौशाला , ८५०१  पटक हेरिएको

गौशाला- महोत्तरीमा एक युवकमाथि गोली प्रहार गरी सुनको सिक्री लुटपाट गरिएको छ ।

महोत्तरीको गौशाला नगरपालिका-११ भरतपुर बस्ने ३० वर्षीय मुरारी भनिने विनय कुमार महतोमाथि मरहा खोलामा आज साँझ ६ बजे गोली प्रहार गरी सुनको सिक्री लुटपाट गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले बताए ।

डीएसपी जयसवालका अनुसार कम्मरमा गोली लागेर घाइते भएका उनलाई उपचारको लागि जनकपुर ल्याएको छ ।

यता, गौशाला बजार जाँदै गर्दा मरहा खोलामा मोटरसाइकलमा आएका दुई हतियारधारी समूहले गोली प्रहार गरी सुनको सिक्री र ब्रासलेट लुटपाट गरेको स्थानीयले बताएका छन् ।

घटनास्थलमा दुईवटा गोली भेटिएको छ । गोली प्रहरी गर्नेको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २०२४-०६-१० , समय : १९:३७:२८ , ५ दिन अगाडि