कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

रेडियो गौशाला , ५५५  पटक हेरिएको

कञ्चनपुर, २९ जेठ- कञ्चनपुरमा लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भीमदत्त नगरपालिका-१८ जानकी टोलका शंकर दत्त जोशी र सोही ठाउँ वस्ने २१ वर्षीय ईमानुयल राईलाई प्रहरीले पक्राउ गरेको हो।

लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जोशीको घरमा खानतलासी गर्दा फेनारगन ६६ पिस र ऐक्सो जेसिक ६१ पिससहित जोशी र राइलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: २०२४-०६-११ , समय : ०९:१७:३७ , ४ दिन अगाडि