महोत्तरीमा करेन्ट लगेर एक महिला घाइते

रेडियो गौशाला , १४६१  पटक हेरिएको

महोत्तरी – महोत्तरीको सोनमा  गाउँपालिका-स्थित  शिवनगरमा एक जना महिला  करेन्ट लागेर  घाईते भएका छन् |

घाइते  हुनेमा   साेनमा गाउँपालिका वडा ८ स्थित  शिवनगर वस्ने प्रेमलाल महतोको  श्रीमती २७ वर्षीय  सुनैना देवी महतो   रहेकी छिन |   आज विहान फुलवारी तिर  जाने  क्रममा करेन्ट लागि महतो   घाईते भएको  हो  |

साेनमा ८ कै निवासी  वृज किशाेर यादवले आफ्नाे फुलवारी तारले वेरिएर राखेको कारण करेन्ट लागेको  हो |, घाइते  महतोको  दाहिने हाथको  दुई वटा औला  जलेका छन।

 

घाईते महतोको  प्राथमिक स्वास्थ केन्द्र गाैशालामा उपचारका लागि  लाग्दा  त्याहाँ उपचार   संभव नभएपछी  प्रादेशिक अस्पताल जनकपुरधाम  रेफर गरिएको हो  |  घटना  बारे आवश्यक  जाँच बुँझ भईरहेको  ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरीक्षक सुर्य वहादुर राणा मगरले  बताए ।

प्रकाशित मिति: २०२४-०६-१२ , समय : ११:१७:३६ , १ महिना अगाडि