सिन्धुलीमा जडीबुटी खोज्ने क्रममा लडेर एक जनाको मृत्यु

रेडियो गौशाला , १२३४  पटक हेरिएको

 काठमाडौं – सिन्धुलीमा एक जना पुरुषको लडेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार जडीबुटी खोज्न जंगल गएका मरिण गाउँपालिका-२ कटनडाँडाका ५८ वर्षीय टेकबहादुर दंगालीको लडेर मृत्यु भएको हो ।

दंगाली जेठ ३२ गते दिउँसो १ बजे जंगल गएका थिए । तर, राति अबेरसम्म नफर्किएपछि खोज्ने क्रममा शनिबार मुंग्रशिर भीरको खोंचमा उनी मृत फेला परेका हुन् ।

उनको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

 

 

 

प्रकाशित मिति: २०२४-०६-१६ , समय : ११:१७:५५ , ४ हप्ता अगाडि