श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

रेडियो गौशाला , १६५९  पटक हेरिएको

जनकपुरधाम – आफ्नै श्रीमती ३६ वर्षीया रूबी यादवको हत्या गरेको अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३८ वर्षीय राज नारायण यादवललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

राज नारायणले आफ्नै श्रीमतीको हत्या गरी मिथिला नगरपालिका–५ स्थित औरही खोला बाबाको मन्दिर छेउको खोल्सामा फालेको खुल्न आए पश्‍चात इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २०२४-०६-१७ , समय : ०९:१२:१२ , ४ हप्ता अगाडि