जसपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

रेडियो गौशाला , ६९२  पटक हेरिएको

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)ले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि जसपाले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो।

दिउँसो २ बजे नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक गरिने पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बहादुर बस्नेतले जानकारी दिए ।

सत्ता गठबन्धनसँग असन्तुष्टि जनाउँदै जसपा नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा होमिएको छ ।

प्रकाशित मिति: २०२२-११-०५ , समय : ०७:३४:४४ , २ वर्ष अगाडि