१० महिनामा झण्डै पाँच लाख विदेशी पर्यटक नेपाल भित्रिए ।।

रेडियो गौशाला , २६७५  पटक हेरिएको

बितेको १० महिनामा झण्डै पाँच लाख विदेशी पर्यटक नेपालभित्रिएका छन् । गत पुसदेखि कात्तिक १५ गतेसम्म सो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएको पर्यटन विभागले जनाएको छ । विभाागका अनुसार असोजको दोस्रो साता यता मात्रै ८८ हजार ५ सय ८२ पर्यटक नेपाल भित्रिएका छन् । जुन गत पुषको तुलनामा ८० प्रतिशतले बढि हो । गत पुषमा १६ हजार ९ सय ७५ जना पर्यटक नेपाल भित्रिएका थिए । कोभिड सङ्क्रमण नियन्त्रणमा आएसँगै सार्क र पश्चिमा मुलकबाट पर्यटक आवागमन बढेको विभागले जनाएको छ । यो वर्ष अरु मुलुकको तुलनामा भारतीय पर्यटकको आगमन उल्लेख्य रहेको छ ।

प्रकाशित मिति: २०२२-११-०५ , समय : १३:३६:४५ , १ वर्ष अगाडि