पाकिस्तानका पूर्व प्रधानमन्त्री खानमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन ।।

रेडियो गौशाला , १३३६  पटक हेरिएको

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि आक्रमणपछि विरोध प्रदर्शन सुरु भएको छ । पूर्व प्रधानमन्त्री खानका समर्थकहरूले पाकिस्तानी सेनाविरुद्ध नाराबाजी गर्दै प्रदर्शन सुरु गरेपछि तनाव उत्पन्न भएको बीबीसीले लेखेको छ । गत विहीवार एक सार्वजनिक कार्यक्रममा इमरान खानमाथि गोली प्रहार भएको थियो । खानको खुट्टामा गोली लागेको र उहाँ हाल अस्पतालमा उपचाररत हुनुहुन्छ ।

प्रकाशित मिति: २०२२-११-०५ , समय : १३:४०:१३ , २ वर्ष अगाडि