इबोला रोग रोकथामका लागि युगाण्डालाई आर्थिक अभाव ।।

रेडियो गौशाला , २३८५  पटक हेरिएको

इबोला रोग रोकथाम तथा नियन्त्रणका लागि आर्थिक अभाव रहेको युगाण्डा सरकारले जनाएको छ । त्यहाँ फैलिएको इबोलाको प्रकोपको नियन्त्रण गर्न र यसका विरुद्ध लड्न कम्तीमा पनि २० मिलियन अमेरिकी डलर आवश्यक युगाण्डका स्वास्थ्य मन्त्री मार्गरेट मुहाङ्गाले संसदमा जानकारी गराउनुभयो । इबोलाको प्रकोपका विरुद्धमा लड्न आर्थिक सहयोगको आवश्यकता रहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति: २०२२-११-०५ , समय : १३:४४:४५ , २ वर्ष अगाडि