भर्‍याङबाट लडेर एक जनाको मृत्यु

रेडियो गौशाला , १४७९  पटक हेरिएको

काठमाण्डौ – बाजुरामा घरको भर्‍याङबाट लडेर एक जनाको मृत्यु भएको छ।

बुढीनन्दा नगरपालिका–७ खड्कावाडा बस्ने ४५ वर्षीय रणबहादुर खड्काको बिहीबार मृत्यु भएको हो । उनको आफ्नै घरको माथिल्लो तलाबाट तल झर्ने क्रममा काठको भर्‍याङबाट (सिडी) लडेर टाउकोमा चोट लागेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रकाशित मिति: २०२४-०८-०९ , समय : ११:१८:१७ , १ महिना अगाडि