मिथिलांचल लगायत देश भर आज श्रीकृष्ण जन्माष्टमी मनाइदै

रेडियो गौशाला , ३३१५  पटक हेरिएको

गौशाला महोत्तरी – आज मिथिलांचल लगायत देश भर श्रीकृष्ण जन्माष्ठमी मनाउदैछन | प्रत्यक वर्ष भाद्र अष्टमी अर्थात कृष्ण जन्माष्ठमीको दिन हिन्दु धर्मावलम्बीलहरुले भगवान श्रीकृष्ण को पुजा आराधाना गरी मनाउदैछन |

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको छ । सज्जनको रक्षाका लागि भगवान विष्णुको आठौँ गर्भका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप सो पर्व मनाउने गरिन्छ ।

कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान विष्णुको आठौँ अवतारका रुपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ ।

गौशाला नगरपालिका स्थित गौशाला ५ मा रहेको कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बस्ने प्रचलन छ । आजको दिनलाई कृष्णअष्टमी र रातलाई मोहरात्रि पनि भनिन्छ ।

प्रकाशित मिति: २०२४-०८-२६ , समय : १०:२८:५३ , ३ हप्ता अगाडि