गौशालामा आज देखि जितवाहन मेला महोत्सव सुरु, वडा अध्यक्ष महतोले गरे उद्घाटन (फोटो फिचर)

लभ ठाकुर , १०११९  पटक हेरिएको

गौशाला । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १० स्थित समुदायिक फिलडा (वडा कार्यालयको अगाडी)मा आज देखि दुई दिने जितवाहन मेला महोत्सव सुरु भएको छ ।

मेलाको आज एक समारोह बीच गौशाला नगरपालिका वडा नं १० का वडा अध्यक्ष बिष्णु कुमार महतो र वडा नं. ११ का वडा अध्यक्ष राम पृत महतो कोईरीले संयुक्त उद्घाटन गरेका छन्।

दुई दिनसम्म चल्ने जितिवाहन मेला महोत्सव उद्घाटन समारोहमा वडा नं. १० का वडा सचिव भरत साह, वडा सदस्य योगेन्द्र मण्डल, वडा नं. ११ का वडा सचिव ओम कुमार महतो लागायत युवा, गाँउ समाजका बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।

मधेसमा श्रद्धापूर्वक तीन दिनसम्म जितिया पर्व मनाइन्छ । सन्तानको सुख, शान्ति र दिर्घायुको कामना गर्दै महिलाहरुले ३६ घण्टासम्म निराहार बसेर जितिया पर्व मनाउने गर्छिन् ।

प्रकाशित मिति: २०२४-०९-२४ , समय : १९:१६:४९ , ४ महिना अगाडि