रेडियो गौशाला , ३७४४ पटक हेरिएको
गौशाला । विकासका लागि सामुदायिक युवा केन्द्र द्वारा संचालित रेडियो गौशाला ९३.६ मेगाहर्ज पूर्व पूर्वअध्यक्ष तथा स्थापना समितिका सदस्य गौशाला नगरपालिका वडा न. १० का ३८ वर्षीय सुरेश महतोसहित दुई जनाको मृत्यु भएको छ ।
सर्लाहीको बयलबासबाट महोत्तरीको गौशलातर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई पोखरीमा डुब्दा पूर्वअध्यक्ष सुरेश महतो (कार चालक) सहित सोनमा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुरको मृत्यु भएको छ । कारमा सवार ३ जनामध्ये गौशाला नगरपालिका–२ का ३१ वर्षीय जनक यादव सकुशल बाहिर निस्किन सफल भएका छन् ।
मंगलबार बिहान ४ बजे ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित सरस्वती माविको पोखरीमा अनियन्त्रित भई कार डुबेको थियो ।
पोखरीमा कार डुबेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय केशरगन्ज, भक्तिपुर र सशस्त्र प्रहरी बल सागरनाथ बेससहित सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी बर्दिवासको टोलीले कारसहित शव निकालेको सशस्त्र प्रहरी १० नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिएको छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगीएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मृत्कहरु प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै रेडियो गौशालाले शोक विज्ञप्ती जारी गरिएको छ ।
प्रकाशित मिति: २०२४-११-०५ , समय : १४:५६:३४ , ४ हप्ता अगाडि