रेडियो गौशाला , १२३१ पटक हेरिएको
![](https://www.radiogaushala.com/wp-content/uploads/2024/12/38fe72b6-1b6e-4b4a-97ce-3cc369339664-1024x682-1.jpeg)
धनुषा – लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मधेस प्रदेश स्तरीय युवा सम्मेलन २०८१ धनुषा जिल्लाको ढल्केवरमा सफलतापूर्वक सम्पन्न भएको छ।
यो कार्यक्रम यूरोपियन युनियनको आर्थिक सहयोगमा, हेल्भेटास नेपालको समन्वयमा, मधेस प्रदेश युवा सञ्जाल र नेपाल सरकारको युवा, खेलकुद तथा समाज कल्याण मन्त्रालय (जनकपुर, मधेस प्रदेश) को सहकार्यमा तथा सहयोगी समाज नेपालको आयोजनामा सम्पन्न भएको हो। सम्मेलनमा मधेस प्रदेशका आठवटै जिल्लाबाट ३५ जना युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रमुख अतिथि हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी, विशिष्ट अतिथि युवा, खेलकुद तथा समाज कल्याण मन्त्रालयकी निशा कर्ण, र मधेस प्रदेश युवा सञ्जालका अध्यक्ष मो. नयिम राइनले कार्यक्रमलाई सम्बोधन गरेका थिए। उक्त कार्यक्रममा सहभागी युवाहरूले लैङ्गिक हिंसाविरुद्ध आवाज उठाउँदै १६ बुँदे घोषणा पत्र जारी गरेका छन्।
![](https://www.radiogaushala.com/wp-content/uploads/2024/12/Binod-laxmi-masala-bhandar.gif)
![](https://shirishnews.com/wp-content/uploads/2024/12/624ac793-3b44-48e3-b45d-f24d2ffcaff7.jpeg)
यस घोषणाले युवाहरूलाई लैङ्गिक हिंसा अन्त्यका लागि सक्रिय रूपमा अघि बढ्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। कार्यक्रममा सहयोगी समाज नेपालका अध्यक्ष हरि थापाले सम्मेलनले युवाहरूलाई सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि प्रेरित गर्ने उल्लेख गरे।
![](https://shirishnews.com/wp-content/uploads/2024/12/368d74e1-a961-43ec-8012-eff8e22f8134.jpeg)
यो सम्मेलन मधेस प्रदेशमा लैङ्गिक हिंसाविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ।
![](https://shirishnews.com/wp-content/uploads/2024/12/38fe72b6-1b6e-4b4a-97ce-3cc369339664-1024x682.jpeg)
![](https://shirishnews.com/wp-content/uploads/2024/12/5e5c923c-3f38-4911-accd-5a0882731649-1024x682.jpeg)
![](https://shirishnews.com/wp-content/uploads/2024/12/12451f05-7904-4897-8f94-c6e5dd54694d-772x1024.jpeg)
![](https://shirishnews.com/wp-content/uploads/2024/12/5448b7d9-d22e-4094-8c07-def815808970-730x1024.jpeg)
प्रकाशित मिति: २०२४-१२-१० , समय : ०८:२८:४१ , १ महिना अगाडि