चालक निदाएपछि स्कार्पियो दुर्घटना भएको प्रहरीको दाबी

रेडियो गौशाला , २३४२  पटक हेरिएको

काठमाण्डौ –   रौतहटको चन्द्रपुरस्थित धन्सार–लमाहा खण्डमा गएराति स्कर्पियो दुर्घटना चालक निदाएका कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

नेपाल प्रहरीले जनाए अनुसार घटनामा मृत्यु हुने ८ जनाको पहिचान खुलेको छ । बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कदैँ गरेका दर्शनार्थी बोकेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो सडकबाट दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी दिलीप घिमिरेले जनाएका छन् ।

मृत्यु हुनेमा सिराहा जिल्लाको अर्नामा गाउँपालिका वडा नम्बर ३ का स्कार्पियो चालक श्रीकुमार यादव, यात्रुहरू ६० वर्षीय लरुवती देवी महरा, ३० वर्षीय उर्मिला महरा, ५० वर्षीय रामकुमारी महरा, ५५ वर्षीय महगीं देवी महरा, ६२ वर्षीय फुलमन्ति देवी महरा, ६० वर्षीय रामकुमारी देवी महरा, ३० वर्षीय शकुन्तला देवी महरा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

घाइते हुनेहरूमा सोही ठाउँका उमेश महराको श्रीमती ३० वर्षीय राधा महरा, उमेश महराको छोरा २ वर्षीय आर्यन महरा, गणेश महराको श्रीमती २५ वर्षीय देव कुमारी महरा, ७ वर्षीय ऋतिक महरा, भित्री चोट र ६० वर्षीय कन्या देवी महरा रहेका छन् ।

aघाइतेहरूको चन्द्रनिगाहपुर स्थित अस्पतालमा सामान्य उपचारपछि बिहान एम्बुलेन्सबाट बयोधा अस्पताल वीरगञ्ज पठाइएको रौतहट प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-१२-१२ , समय : १४:५६:१५ , ६ महिना अगाडि