रवि लामिछानेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

रेडियो गौशाला , ११९९  पटक हेरिएको

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्यका चितवन २ का उम्मेदवार रवि लामिछानेलाई स्ष्टीकरण सोधेको छ ।

निर्वाचन प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेको सम्बन्धमा आयोगले लामिछानेलाई स्पष्टीकरण सोधेको हो । ‘रवि लामिछानेलाई विजयी बनाऔँ, यसपालीको मतदान रवि लामिछानेलाई’ भन्ने व्यहोरामा छापिएको टोपी प्रयोग गरेको भनी प्राप्त उजुरीमा लामिछानेलाई स्पष्टीकरण सोधिएको हो ।

आयोगले २४ घण्टाभित्र निर्वाचन आयोग वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमार्फत जवाफ पेश गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति: २०२२-११-०८ , समय : ०८:३५:०२ , २ वर्ष अगाडि