रेडियो गौशाला , २९३ पटक हेरिएको

ढल्केवर- नेपालका चर्चित मगही भाषिक अभियन्ता तथा सांस्कृतिक अभियानी फुलगेन मगहीलाई भारतमा सम्मान गरिने भएको छ । उनलाई भारतको बिहार राज्यमा आयोजना हुने एक प्रतिष्ठित कार्यक्रममा अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिने भएको हो ।
बिहारको गया जिल्लास्थित मगही अकादमी (गया) र मगध विश्वविद्यालय, बोधगयाको संयुक्त आयोजनामा हुने “मगही महोत्सव तथा डॉ. राम प्रसाद सिंह अन्तर्राष्ट्रीय साहित्य पुरस्कार समारोह–२०२५” मा फुलगेन मगहीलाई मगही भाषामा विशेष योगदानका लागि सम्मानित गरिने कार्यक्रम तय गरिएको हो ।
समारोह १९ जुलाई २०२५ मा मगध विश्वविद्यालय, बोधगया परिसरको राधाकृष्णन सभागारमा आयोजना हुने बताइएको छ । कार्यक्रममा भारतका विभिन्न विश्वविद्यालयका कुलपति, प्राध्यापक, लेखक तथा साहित्यकारहरूको सहभागिता रहनेछ ।

कार्यक्रमका प्रमुख आकर्षणहरूमा विचार गोष्ठी, साहित्यिक सत्र तथा सांस्कृतिक प्रस्तुति समावेश छन् । कार्यक्रममा नेपालबाट फुलगेन मगही सहित तीनजना साहित्यकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिनेछ ।
सम्मानितमध्ये फुलगेन मगहीको नाम विशेष रूपमा उल्लेख गरिएको छ, जसले नेपालमा मगही भाषा एवं लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनमा लामो समयदेखि योगदान पु¥याउँदै आएका छन् ।
यो सम्मानले मगही सांस्कृतिक सेतुलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।
प्रकाशित मिति: २०२५-०७-१८ , समय : १४:०६:५० , ४ घन्टा अगाडि