…मतदाताको मन मष्तिकमा स्वतन्त्र उम्मेदवार कृष्ण महतो

रेडियो गौशाला , ६४४  पटक हेरिएको

महोत्तरी । धनुषा निर्वाचन क्षेत्र ४ का मतदाताहरुको मन, मष्तिक र हृदयमा स्वतन्त्र उम्मेदवार कलाकार कृष्णकुमार महतो छाएका छन् । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरका २७ वर्षे हास्य कलाकार महतो कैची छाप चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रेका छन् । स्वतन्त्र उम्मेदवार कृष्ण कुमार महतोसंगै सत्ता गठबन्धनबाट नेपाली काग्रेसका सहमहामन्त्रि महेन्द्र यादव र नेकपा एमालेका सचिव रघुविर महासेठ, जसपाका नेता महाजन यादव प्रतिस्पर्धी हुन् ।

पार्टी देखि सरकारमा आफनो बलियो उपस्थिती जनाएका अब्बल र दिग्गज, हेविवेट नेताहरुसंग चुनावी प्रतिस्पर्धामा कलाकार कृष्ण महतो मतदाताहरुविच लोकप्रिय बन्दै गएका छन् । मतदाताको घर घरमा पुगेका कलाकार महतोले नेकपा एमालेका उम्मेदवार रघुविर महासेठ र जसपाका उम्मेदवार महाजन यादवबाट समेत हौसला र आर्शिवाद पाएका छन् ।

चुनावी प्रचार प्रसारको क्रममा भएका जम्काभेटको क्रममा प्रतिस्पर्धी भएपनि उमेरको हिसावले कामको उमेर पर्ने भएकाले उहाँहरुलाई खुटटा नै ढोगेर जितको लागि आर्शिवाद लिएको स्वतन्त्र उम्मेदवार कृष्ण कुमार महतोले बताए ।

मतदाताहरुको घर घरमा पुगेर आफनो चुनावी एजेण्डा, प्रतिवद्र्धता, आफना अनुभव, भावना व्यक्त गर्दा मतदाताहरुको अपार हौसला र आर्शिवाद प्राप्त भई रहेको उम्मेदवार महतोका सहयोगी रोचकघोचक कार्यक्रममा निर्देशक कलाकार प्रदिप महतोले बताए । पार्टीका नेता, कार्यकताहरुले विकल्पका रुपमा कलाकार महतोलाई रोज्दै आएकोले उनको जितको सम्भावना बढाएको छ । आथिक अवस्थाले कमजोर रहेको उम्मेदवार कृष्णकुमार महतोलाई साथी, मतदाताहरुले आर्थिक सहयोग गर्दै चुनावी प्रचारप्रसारमा सहयोग गरि रहेका छन् ।

प्रकाशित मिति: २०२२-११-१२ , समय : ०७:४३:३३ , २ वर्ष अगाडि