महोत्तरी क्षेत्र १ मा एमाले र जसपाका उम्मेदवारहरु घरदैलोलाई दिए तिब्रता

रेडियो गौशाला , ११४६  पटक हेरिएको

गौशाला । महोत्तरी क्षेत्र नं. १ मा नेकपा एमाले पार्टी र जसपा नेपाल गठबन्धनका उम्मेदवारहरुले चुनावी अभियान अन्तर्गत क्षेत्रका विभिन्न स्थानमा घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ ।

महोत्तरीको क्षेत्र न.१ नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार लक्ष्मी महतो र जसपा नेपालका प्रदेश सभा सदस्यका उम्मेदवार रामश्रेष्ठ महतो सँगै पार्टीको कार्यकर्ता सहित केहि दिन अगाडी देखि सुरु भएको घर दैलो कार्यक्रमलाई निरन्र्तता दिएको दिएको छ ।

भ्रष्टाचार मुक्त र शुसाशन युक्त मधेश प्रदेश निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको उम्मेदवार लक्ष्मी महतोले बताए ।

प्रकाशित मिति: २०२२-११-१२ , समय : ०८:३५:१६ , २ वर्ष अगाडि