कोल्ड स्टोरमा चोरी गरेको आरोपमा दुईजना पक्राउ ।।

बिष्णु यादब,गौशाला , २०७६  पटक हेरिएको

कोल्ड स्टोरमा चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । महोत्तरीको सोनमा गा.पा वडा नंम्बर ३ रघुनाथपुर बजारमा संतोष साहले सञ्चालन गरेको संतोष कोल्ड स्टोरमा घरमाथी रहेको एल्बेस्टर फोडेर चोरीगरी भाग्दै गरेको अबस्थामा स्थानियबासी र प्रहरीको टोलीले दुबैजनालाई पक्राउ गरेको छ ।

पक्राउ हुनेमा स्थानिय सुकेन्द्र ठाकुरको छोरा बर्ष २० को संजित ठाकुर र भारत बिहारको सितामढी जिल्ला बेला थाना भगबतीपुर ६ बस्ने रामप्रबेश पटेलको छोरा बर्ष २२ का अबरेन्द्र पटेल रहेको प्रहरी चौकी रघुनाथपुरले जनाएको हो । उनीहरुबाट ९ सय ९५ रुपैया नेपाली,५ सय भारु क्याप्टन चुरोट एक प्याकेट र अमुल गोल्ड नामक चिसो तिन बोतल बरामद गरेको प्रहरी चौकीका ईन्चार्ज राधेमोहन कुशवाहाले जानकारी दिनुभयो । पक्राउ भएका दुबैजनालाई थप अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय गौशाला पठाएको ईन्चार्ज कुशबाहाले बताए ।

एता पषलका संञ्चालक संतोस साहको अनुसार ति दुबैजनाले बियर,रेडबुल र फ्रिजमा भएको मासु समेत खाएको बताए ।

प्रकाशित मिति: २०२२-११-१२ , समय : १३:३३:४१ , २ वर्ष अगाडि