इङ्ग्ल्यान्डले जित्यो टी–२० विश्व कपको उपाधि

रेडियो गौशाला , ११३३  पटक हेरिएको

पाकिस्तानलाई हराउँदै इङ्ग्ल्यान्डले टी–२० विश्व कप २०२२ को उपाधि जितेको छ । आइतवार मेलबर्नमा भएको फाइनल खेलमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हरायो । पाकिस्तानले दिएको एक सय ३८ रनको लक्ष्य इङ्ग्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर भेटायो । बेन स्टोक्सले नटआउट ५२ र जोस बटलरले २६ रन बनाए । बलिङतर्फ पाकिस्तानका हरिस रउफले दुई विकेट लिए । पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३७ रन बनायो । उसका लागि शन मसुदले ३८ र बाबर आजमले ३२ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डले साम करनले तीन तथा आदिल रशिद र क्रिस जोर्डनले दुई/दुई विकेट लिए । खेलमा मात्र १२ रन दिएर तीन विकेट लिने इङ्ग्ल्यान्डका साम करन म्यान अफ द म्याच चुनिए । उनी म्यान अफ द टुर्नामेन्ट पनि चुनिए । यसअघि सन् २०१० को टी–२० विश्व कप फाइनलमा अस्ट्रेलियालाई सात विकेटले हराउँदै इङ्ग्ल्यान्डले उपाधि जितेको थियो ।

प्रकाशित मिति: २०२२-११-१४ , समय : १२:२२:०९ , २ वर्ष अगाडि