माओवादीले ७ सिट पनि ल्याउँदैन : ओली

रेडियो गौशाला , ७९६  पटक हेरिएको

File Photo

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई जिताउन आह्वान गरेका छन् । सुनसरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एउटा सुदृढ राष्ट्रिय शक्ति निर्माण गर्न एमालेलाई जिताउनुपर्ने बताएका हुन् ।

भगवती चौधरीलाई भोट माग्दै ओलीले एमालेलाई जिताए सुनसरीको विकासले गति लिने दावी गरे।

विजयी कुमार गच्छदारप्रति लक्षित गर्दै जिते पनि उनी लुकेर हिंड्ने बताए । ओलीले भने, ‘माथि पठायो लुकेर हिँड्छ । कोसँग लुक्छ, हवलदारसँग लुक्छ । मुद्दा लाग्छ, भागेर हिंड्छ ।’

लोसपा यो पटक राष्ट्रिय पार्टीमा नआउने दावी गरे। ओलीले भने, ‘माओवादी अघिल्लो चुनावमा सिद्धिन आटेको थियो । मैले औंलो समातेर चुनावको खोलो तारिदिए । घरमा आगो लगाएर कांग्रेसको पिढीमा बास बस्न गयो । अब त्यो माओवादी आफै ५/७ सिट ल्याउँछ कि ल्याउँदैन । त्यस्ता ढोड्केको लौरो टेकेर चुनावको खोलो तर्छु भनेर हिँडेको छ कांग्रेस ।’

सेटिङबाट धरौटीमा छुटेकोलाई कांग्रेसले उम्मेदवार बनाएको ओलीको आरोप छ । उनले पाँचपटक शेरबहादुर देउवा प्रधानमन्त्री भएपनि देशका लागि केहि काम नगरेको बताए।

ओलीले देशलाई शान्ति र विकास आवश्यक रहेको औंल्याए।

प्रकाशित मिति: २०२२-११-१६ , समय : २१:०३:१३ , २ वर्ष अगाडि