बर्दिबासमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

रेडियो गौशाला , २११३  पटक हेरिएको

बिबेक कुमार महतो,गौशाला । महोत्तरीको बर्दिबास नगरपालिका–१२ अकनटोलस्थित सडकमा ना.८ ख ५३३५ नम्बरको टिपरले ज.१२ प ३००६ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषा मिथिला नगरपालिका–८ बस्ने २१ वर्षीय बिजय कुमार महतो कोईरी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा हस्पिटल बर्दीवासमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको काव्या अस्पताल जनकपुरमा उपचार भइरहेको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति: २०२२-११-१६ , समय : २१:०९:४१ , २ वर्ष अगाडि