स्वतन्त्र उम्मेदवार योन्जन चढेको गाडिबाट डेढ लाख रकम बरामद

रेडियो गौशाला , ९३०  पटक हेरिएको

सुनिता बराल, महोत्तरी । महोत्तरीको बर्दिवास ११ स्थित खयरमाराको पाँचे टोलबाट स्वतन्त्र उम्मेदवार विष्णु बहादुर योन्जन चडेको गाडिबाट प्रहरीले डेढ लाख नगद बरामद गरेको छ ।

शुक्रवार साँझ पाँचे टोलमा पुगेका योन्जनको गाडिबाट रकम फेला पारी बरामद गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।

महोत्तरी क्षेत्र नं १ ख का स्वतन्त्र उम्मेदवार योन्जनले आचारसंहिता विपरीत मतदातालाई प्रलोभनमा पार्ने हिसाबले पैसा बोकेर हिडेको पाइएपछी डेढ लाख रकम बरामद गरिएको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनिले जानकारी दिए ।

बा १४ च ८८७४ नम्बरको स्कर्पियोमा अन्य ब्यक्तिहरुलाई लिएर हिडेका योन्जन सहितका ब्यक्तिलाइ प्रहरीले शनिबार स्पष्टीकरण सोध्ने गरि छाडेको महोत्तरी क्षेत्र नं १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए । शनिबार स्पष्टीकरण सोधिने र चित्त बुझ्दो जवाफ नआएमा २५ हजार सम्म जरिवाना गर्न सकिने श्रेष्ठले बताए ।

पाँचे टोलका स्थानियको घरमा गएर कुरा गर्दै मतदाता लाई प्रलोभन पार्न प्रयास गरीरहेको सूचनाको आधारमा खानतलासी गर्दा उक्त रकम फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०२२-११-१८ , समय : २१:४२:५५ , १ वर्ष अगाडि