महोत्तरीमा सुरु भयो मतदान, ३ लाख ९७ हजार जनाले मतदान गर्ने

रेडियो गौशाला , १००३  पटक हेरिएको

बिबेक कुमार महतो, गौशाला । महोत्तरीको चार वटै निर्वाचन क्षेत्रमा निर्धारण गरिएको ४९९ मतदान केन्द्र र २५८ मतदानस्थलमा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य बिहान ७ बजेदेखि सुरू भएको छ ।

मतदान केन्द्रहरूमा मतदाताहरू शान्तिपूर्ण रूपले लामबद्ध भएर बिहान ७ बजेदेखि मतदान गर्न सुरू गरेका छन् । मतदान प्रक्रिया साँझ ५ बजेसम्म जारी रहने छ ।

निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभाको लागि ५९ वटा मतदानस्थल र १२३ वटा मतदान केन्द्र छन् । जसमध्ये (क) मा ३१ वटा मतदानस्थल र ६५ वटा मतदान केन्द्र, (ख) मा २८ वटा मतदानस्थल र ५८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

यस्तै, निर्वाचन क्षेत्र २ मा ६२ वटा मतदानस्थल र १२६ वटा मतदान केन्द्र रहेका छन् । जसमध्ये (क) मा २९ मतदानस्थल, ६० मतदान केन्द्र, (ख) मा ३३ मतदानस्थल र ६६ मतदान केन्द्र छन ।

निर्वाचन क्षेत्र ३ मा ७७ वटा मतदानस्थल र १२८ वटा मतदान केन्द्रगरी सवैभन्दा बढी छन् । (क) मा ३३ मतदानस्थल र ६२ मतदान केन्द्र, (ख) मा ४४ मतदानस्थल र ६६ मतदान केन्द्र छन् ।

निर्वाचन क्षेत्र ४ मा ६० मतदानस्थल र १२२ मतदान केन्द्र छन । यसमध्य (क) मा २५ मतदानस्थल र ५८ मतदान केन्द्र, (ख) मा ३५ मतदानस्थल र ६४ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ ।

चारै क्षेत्रमा ३ लाख ९७ हजार मतदाता छन् । जसमध्ये २ लाख १५ हजार १ सय ३१ पुरुष र १ लाख ८१ हजार ८ सय ९८ महिला रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति: २०२२-११-२० , समय : ०८:२१:५० , १ वर्ष अगाडि