नेसपाका अध्यक्ष महतोले गरे मतदान

रेडियो गौशाला , ७५०  पटक हेरिएको

धनुषा – नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष रामकुमार महतोले आफ्नो गृह जिल्ला धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित महेन्द्र मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रदेशसभा सदस्यका समानुपातिक उम्मेदवार रहेका महतोले केन्द्रबाट आइतबार बिहान ८ बजे मतदान गरेका हुन् ।

धनुषाका सबै मतदान केन्द्रमा शान्तिपूर्वक मतदान बिहान ७ बजेदेखि सुरु भइरहेको छ ।

प्रकाशित मिति: २०२२-११-२० , समय : ०८:५८:५३ , १ वर्ष अगाडि