देशभरका ३४ ठाउँमा भेटिए शङ्कास्पद वस्तु, सेनाद्वारा डिस्पोज

रेडियो गौशाला , ९०१  पटक हेरिएको

काठमाडौँ । निर्वाचनको पूर्व सन्ध्यामा देशभर ३४ ठाउँमा शङ्कास्पद वस्तु भेटिएको छ ।

मुलुकका विभिन्न ठाउँमा फेला परेको शङ्कास्पद बस्तु डिस्पोज गरिएको प्रहरी प्रवक्ता (डिआइजी) टेक प्रसाद राईले जानकारी दिए ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकोको नेकपाले पछिल्लो साता देशका विभिन्न ठाउँमा विस्फोट गराउने र शङ्कास्पद वस्तु राख्ने गरेको सुरक्षा अधिकारीहरू बताउँछन् ।

आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सुरु भएको छ । मतदान शान्तिपूर्ण रूपमा सुरु भएको डिआइजी राईले बताए । उनले भने–‘कुनै पनि मतदान स्थलमा समस्या छैन, सवैतिर शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ ।’

प्रकाशित मिति: २०२२-११-२० , समय : ०९:०३:४६ , १ वर्ष अगाडि