माधवकुमार नेपालले गरे मतदान

रेडियो गौशाला , ९६९  पटक हेरिएको

गौशाला- पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् । गृहजिल्ला रौतहटको सदरमुकाम गौर–२ स्थित रामजानकी कन्या प्रावि मतदान केन्द्रमा अध्यक्ष नेपालले मतदान गरेका हुन् ।

उनीसँगै उनकी पत्नी गायत्री नेपालले पनि सोही केन्द्रबाट मतदान गरेकी छन् । नेता नेपाल रौतहट–१ बाट प्रतिनिधिसभाका सदस्यका उम्मेदवारसमेत हुन् ।

प्रकाशित मिति: २०२२-११-२० , समय : ०९:०६:३० , २ वर्ष अगाडि