मतदान गरेको केन्द्रमा झडप

रेडियो गौशाला , ७१३  पटक हेरिएको

काठमाडौँ- मंसिर निवर्तमान सभामुख अग्नि सापकोटाले मतदान गरेको मतदान केन्द्रमा झडप भएको छ ।

सिन्धुपाल्चाेककाे सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रमा झडप भएकाे हाे ।

सभामुख सापकोटाले मतदान गरेको केही समयपछि एमाले र माओवादीका कार्यकर्ताबीच झडप भएको हो ।

माओवादीले अवरोध खडा गरी एकलौटी गर्न खोजेको भन्दै एमाले कार्यकर्ताले विरोध गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिने कोशिश भइरहेको सुरक्षा निकायले जनाएको छ ।

प्रकाशित मिति: २०२२-११-२० , समय : ०९:२०:५७ , १ वर्ष अगाडि