महोत्तरीमा ६१ प्रतिशत मत खस्यो

रेडियो गौशाला , ९८२  पटक हेरिएको

महोत्तरी — महोत्तरीमा मतपेटिका मतदान केन्द्रबाट मतगणनास्थल ल्याउन सुरु भएको छ । महोत्तरीमा ६१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको महोत्तरीका निर्वाचन कार्यालय प्रमुख सुबोध महतोले जानकारी दिए ।

महोत्तरीमा शान्तिपुर्ण मतदान सप्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ९ बजे रातिसम्म सबै केन्द्रका मतपेटिका गणना स्थलमा पुगिसक्ने महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले जानकारी दिए । सर्वदलीय बैठकबाट सहमति भए आजै रातिदेखि वा सोमबार बिहानदेखि मतगणना सुरु हुने पहाडीले बताए । महोत्तरीमा ७० प्रतिशत मत खस्ने अपेक्षा निर्वाचन कार्यालयले गरेको थियो ।

प्रकाशित मिति: २०२२-११-२० , समय : १९:३७:५३ , २ वर्ष अगाडि