रौतहट १ बाट माधवकुमार नेपाल फराकिलो मतान्तरले विजयी हुने सम्भावना

रेडियो गौशाला , ६४५  पटक हेरिएको

रौतहट- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यसपटक अघिल्लो निर्वाचनको निर्वाचन क्षेत्र काठमाडौं २ छाडेर रौतहट १ लाई रोजे ।

त्यहाँबाट उनी निर्वाचित हुने सम्भावना रहेको फ्याक्ट्स नेपालले गरेको एक्जिट पोलमा देखिएको छ।

फ्याक्ट्स नेपालको एक्जिट पोलअनुसार माधवकुमार नेपाल निर्वाचित हुने सम्भावना ५३ प्रतिशत देखिएको छ भने नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ता निर्वाचित हुने सम्भावना ४४ प्रतिशत देखिएको छ ।

माधवकुमार नेपाललाई त्यहाँ सत्ता गठबन्धनका दलहरुले सहयोग गरेका थिए ।

प्रकाशित मिति: २०२२-११-२१ , समय : ०७:५३:०९ , २ वर्ष अगाडि