राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन

रेडियो गौशाला , १००५  पटक हेरिएको

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । सोमबार बसेको उक्त पार्टीको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

हामीले पहिला नै प्रारम्भिक चुनाव गरेर को संसदीय दलको नेता हुने भन्ने टुंगो लगाएका थियौं,’ रास्वपा प्रवक्ता मुकुल ढकालले भने, ‘आजको बैठकले त्यसैलाई अनुमोदन गरेको हो।’

रास्वपाका प्रतिनिधि सभामा २० जना सांसद छन्।

प्रकाशित मिति: २०२२-१२-१९ , समय : १२:३०:३२ , ३ वर्ष अगाडि