बालेनको चुनौती- सिंहदरबार अर्को पालिकामा सार्नुस्

रेडियो गौशाला , १७२९  पटक हेरिएको

काठमाडौं– सिंहदरबारको फोहोर नउठाएर संघीय सरकारसँग जोरी खोजिरहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबार अर्को पालिकामा सार्न सरकारलाई चुनौती दिएका छन्।

बिहीबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्- हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्। हामीलाई हाम्रो सम्पदा, संस्कृति , कला, सभ्यता चाहिन्छ, राजनीति हैन।’

प्रकाशित मिति: २०२३-०४-१३ , समय : १३:२७:५५ , २ वर्ष अगाडि