महोत्तरीको गौशालामा आगलगी

रेडियो गौशाला , १३३८  पटक हेरिएको

File Photo

गौशाला । महोत्तरीको गौशाला नगरपालिकामा शनिबार बेलुकि ७ बजेको समयमा आगलगी हुँदा घर जलेर नष्ट भएको छ ।

गौशाला नगरपालिका–५ स्थित नव क्षितिज सेकेण्डरी स्कूलको पूर्वपट्टी रहेको शेख हसमतको घरमा अचानक आगलगी हँदा दुई कोठे फुसको घर, ३ वटा खसी, १ वटा बाख्रा, ३ वटा कुखरा, २ वटा हाँस, १ वटा साईकल जलेर नष्ट भएको हो ।

आगलगीको खबर प्रप्त भए संगै गौशाला नगरपालिकाको बरुणयन्त्र र स्थानियहरुको सहयोगबाट आगो निभाउन सफल भएको एक स्थानीयले बताए ।

आगोलगाएका परालबाट आगलागी भएको हुन सक्न स्थानीयहरुको आशंका रहेको छ ।

प्रकाशित मिति: २०२३-१०-२९ , समय : ०८:५६:४८ , २ वर्ष अगाडि