मधेश प्रदेश : पदभार ग्रहण समारोहबाटै नवनिर्वाचित वडाध्यक्ष पक्राउ

रेडियो गौशाला , १४०४  पटक हेरिएको

सप्तरी- सप्तरीमा एक नवनिर्वाचित वडाध्यक्ष पदभार ग्रहण समारोहबाटै पक्राउ परेका छन्।

जिल्लाको डाक्नेश्वरी नगरपालिका-१ का नवनिर्वाचित वडाध्यक्ष घिरेन्द्रकुमार साह कर्तव्य ज्यान मुद्दामा बिहीबार पक्राउ परेका हुन्। डाकनेश्वरीमा दुई जनाको हत्या गरेको उनीमाथि आरोप छ।

अदालतले जारी गरेको परमादेशबाट उनीविरुद्ध मुद्दा चलेको छ। सप्तरी प्रहरीले वडाध्यक्ष साहलाई पक्राउ गरेको पुष्टि गर्दै अनुसन्धान भइरहेको जनाएको छ।

यही मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा साह जसपा नेपालवाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
 

प्रकाशित मिति: २०२४-१२-०६ , समय : ०७:५४:४३ , ५ महिना अगाडि